• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

लोकतन्त्र देशका १० नेता, अर्थतन्त्र देशका १० व्यापारिको हातमा छ –अमरेशकुमार

काठमाडौं । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले देशको अर्थतन्त्र सिमित व्यापारिको हातमा पुगेकाले देशको अर्थतन्त्रको विकाश हुन नसकेको टिप्पणी गरेका छन् । संघीय संसदको प्रतिनिधिसभामा विषेश समयमा बोल्दै सांसद सिंहले देशको राजनीति सिमित नेताहरुको कब्जामा रहेकाले राजनीति समेत सही दिशामा जान नसकेको उनले टिप्पणी गरे । 

अर्थतन्त्रमा कर्टेलिङ र विचौलियाको विगविगी छ, देशको भविष्य के हुने हो भन्न कठिन छ । कार्टेलिङका कारण सेवाग्राही मारमा परेका छन् ।’

नेता सिंहले देशको अर्थतन्त्रको ठूलो हिस्सा ऋण लिनेहरुले अर्थतन्त्र विग्रिएको उनको ठहर छ । सांसद सिंहले तथ्याङक प्रस्तुत गर्दै भने, देशको ४७ खबर ऋण औद्योगिक घराना ठूला व्यापारीले लिएका छन् । यस्तो अवस्थामा देशको वर्किङ पूंजि आउन नसक्नुको कारण के हो ?

देशमा अहिलेजस्तै वैदेशिक मुद्राको संचिति घट्दै जाने हो भने २ वर्षभित्र देशको अवस्था भयावह हुने उनले चेतावनी दिए ।

‘देशका हरेक निकायमा समस्या रहेका केही भ्रष्ट नेताको भरमा देश कहिले चल्छ ?’ उनले प्रश्न गरे । 

‘कार्टेलिङ लोकतन्त्र र अर्थतन्त्रका कारण देशको शिक्षा, स्वास्थ्य, कृषि, रोजगार,एवं जनताको प्रत्येक्ष सरोकारका क्षेत्र अस्तव्यस्त भईरहेको देखिन्छ, केही भ्रष्टा नेता, व्यापारि र विचौलियाको भरमा देश कहिले सम्म चल्छ ?’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर