• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बार्सिलोनाले ‘गोल्डेन ब्वाई’लाई थ्याङ्क्यू भन्दै अमेरिका पठायो 

काठमाडौं । विश्वभरका बार्सिलोनाका फ्यानहरुका लागि यो त्यति राम्रो खबर होईन । धेरैले यो समाचार आउने अपेक्षा पनि गरेका थिएनन् । किने भने बार्सिलोनाको ला मसियामै हुर्किएर नाचे जस्तो मिडफिल्डमा चम्कने रिकी पुचले बार्सिलोनाका लागि केही गर्छन् भन्ने धेरैलाई थियो । 

पहिलो टिममा बढुवा भएर पनि मैदानमा उत्रन धेरै नपाएका पुचले अधिकाँश समय बेन्चमै बिताए । नयाँ नयाँ मिडफिल्डर भित्र्याएर भिड बनाएको बार्सिलोनाले अन्ततः पुचलाई अमेरिकी क्लबमा बिक्रि गर्यो ।

नयाँ करिअर भएका खेलाडीहरुलाई युरोपेलि फुटबल छोडेर बेलैमा हिड्नु त्यति राम्रो समाचार होईन । 

बार्सिलोनाले पुचलाई अमेरिकी क्लब लस एन्जल्स ग्यालेक्सीलाई बेचेको घोषणा गरेको छ । 

जम्मा २२ वर्ष मात्रै भएका राम्रो फुटबल खेल्ने पुचलाई बार्सिलोनाले बेलैमा अमेरिकी क्लबमा धकेलेको विषयमा अहिले आलोचना सुरु भएको छ । 

सामान्यतयाः अमेर ढल्किएका खेलाडीहरु युरोपेली क्लबले नपत्याएपछि अमेरिका जाने प्रचलन छ । तर पनि बार्सिलोनाले राम्रो संभावना बोकेका पुचलाई किन अमेरिका पठायो भन्ने प्रश्न गर्न थालिएको छ । 
पुचले सन् २०२५ सम्मका लागि लस एन्जल्ससँग ३ वर्षे सम्झौता गरेका छन् । 

पुचले सन् २०१८ मा बार्सिलोनाको सिनियर टिममा डेब्यू गरेका थिए । हालसम्म कुल ५७ खेल खेलेका पुचले जम्मा दुई गोल गरेका छन् भने क्लबमा दुई उपाधि पनि हाँसिल गरेका छन् ।

पुचलाई कुनैबेला बार्सिलोनाका नयाँ जाभी भन्ने गरिन्थ्यो भने, जाभी आफैंले मैदानमा नाचेजसरी खेल्ने खेलाडी भन्ने गर्दथे । सोही कारण पुचलाई गोल्डेन ब्याई पनि भनिन्थ्यो ।

LATEST NEWS | FC Barcelona and the Los Angeles Galaxy reach agreement for the transfer of Riqui Puig

— FC Barcelona (@FCBarcelona) August 4, 2022
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर