• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

बामदेव र बाबुराम माओवादी चिन्हबाट चुनाव लड्ने स्थायी समितिको निर्णय 

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी आज बसेको बैठकले राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उठ्न चुनाव चिन्ह दिने  निर्णय गरेको छ । 

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराई र  वामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

२०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया–१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका थिए। 

‘राष्ट्रिय एकता अभियानका संयोजक कामदेव गौतम र बाबुराम भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ महराले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘त्यसलाई हामी स्वागत गर्छौं। उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्यौं।’

उनीहरुले केही शर्त राखेको भन्दै महराले पाँच दलीय सत्ता गठबन्धनभित्र छलफल गरेर टुंगो लगाउने जानकारी दिए। एउटै चुनाव चिन्हबाट सहभागी हुनेबारे मंगलबारै निर्वाचन आयोगमा पुगेर जानकारी गराइने अर्का नेता हरिबोल गजुरेलले बताएका छन्। 

तत्कालीन नेकपामा विभाजन देखिएपछि तटस्थ बसेका वामदेव एमाले ब्यूँतिएपछि केपी शर्मा ओली नेतृत्वमा बस्न नसक्ने भन्दै बाहिरिएका थिए। त्यसपछि नेकपा राष्ट्रिय एकता अभियान नामक दल पनि उनले निर्वाचन आयोगमा दर्ता गराएका थिए।

मंगलबारकै बैठकले जनता समाजवादी छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराई पनि आफ्नो चुनाव चिह्नबाट लड्न दिने निर्णय भइसकेको छ। 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर