• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

एलिजाबेथको अन्त्येष्टिमा सहभागी भएकी डेनमार्ककी रानीलाई कोभिड पोजेटिभ

एजेन्सी । डेनमार्ककी रानीलाई यस वर्ष दोस्रो पटक कोभिड–१९ को संक्रमण पुष्टि भएको डेनमार्कको शाही अदालतले पुष्टि गरेको छ । मंगलबार कोभिड पुष्टि भएपछि रानी मार्गरेट द्वितीयले सम्पूर्ण भेटघाटका कार्य रद्द गरिन् । 
मार्ग्रेटले कोभिड विरुद्धको खोप लगाएकी थिइन् ।  यो वर्षको फेब्रुवरीमा पनि उनलाई कोभिड  देखा परेको थियो।

८२ वर्षीया रानी सोमबार महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी २ हजार पाहुना मध्ये एक थिइन । उनी बेलायती महारानीको मृत्युपछि युरोपको सबैभन्दा लामो समयसम्म सेवा गर्ने राष्ट्र प्रमुख हुन् । 
उनी र महारानी एलिजाबेथ दुबै रानी भिक्टोरियाका वंशज हुन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर