रोल्पाको परिवर्तन गाउँपालिकाले मनायो श्रम–डे

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले शुक्रबार श्रम–डे मनाएको छ । बिहान् ९ बजे परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले श्रम दिवसको उद्घाटन गरेका हुन । ‘परिवर्तन गाउँपालिकाको आह्वान, श्रममा सम्मान’ भन्ने मुल नाराका साथ अध्यक्ष बुढामगरले ब्यानर पढेर तथा गाउँपालिकाको प्रशासनीक भवनको प्रांगणमा उम्रेका घाँसलाई उखेल्दै श्रम–डे को उद्घाटन गरेका थिए । बर्षको एक दिन बिहान् ९ बजेदेखि अपराह्न ४ बजेसम्म करिब ८ घण्टा काम गर्ने गरि श्रम–डे तय भएको परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले जानकारी दिए ।
गाउँपालिकामा दिवस उद्घाटन भएसँगै परिवर्तन गाउँपालिकाको ६ ओटै वडामा समेत उद्घाटन भएको थियो । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले हातमा कोदाली समातेर श्रम–डे लाई सफल बनाउन आफ्नो नेतृत्वमा परिवर्तन गाउँपालिका–५ राङकोट्को नागरिकलाई साथमा लिएर झिमरीखोला देखि खर्गरेडाँडा सम्मको करिब १ किलोमीटर गोरेटो बाटोको मर्मत गरेका हुन् । परिवर्तन गाउँपालिकाकी उपाध्यक्ष कलादेवी खत्रेनीको नेतृत्वमा परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, परिवर्तन गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, परिवर्तन गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगाएत बजारका व्यापारीले परिवर्तन गाउँपालिकाको प्रशासनिक भवनको प्रांगण, परिवर्तन गाउँपालिकाको बहुउद्देश्यीय सभाह्लको आसपास, गाउँपालिकाको वरिपरि र पुतचौर बजारमा सरसफाई गरिएको हो ।
वडाको सन्दर्भमा पनि उत्साहजनक सहभागिता भएको जनाइएको छ । परिवर्तन गाउँपालिका १ का वडा अध्यक्ष मैते बुढामगरका अनुसार आफ्नो वडा करिब ५ सय ५० जना सहभागी भएको बताए । साथै वडामा भएका बाटाहरु मर्मत गर्ने, गोरेटो बाटो गाउँको सहायक बाटो मर्मत गर्ने काम गरेको बताए ।
परिवर्तन गाउँपालिका २ का वडा अध्यक्ष हरि प्रसाद बुढामगरका अनुसार वडाको नेतृत्वमा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक,
स्वास्थ्यकर्मी र सुरक्षाकर्मी युवा क्लब लगाएतले आज काम गरेका छन् । टोल संस्थाको नेतृत्वमा आआफ्नो क्षेत्रमा गोरेटो बाटो निर्माण भएको उनले बताए । ‘मेरो वडामा १ हजार भन्दा बढीको संख्यामा सहभागी रहेको थियो ।’ अध्यक्ष बुढाले भने, ‘उहाँहरूबाट गाउँको गोरेटो बाटो, झाडी फारने, बाटोको खाल्डाखुल्डी पुर्ने र पहिलो गएको ठाउँमा गोरेटो बाटो निर्माणको काम भएको छ ।’ ।
परिवर्तन गाउँपालिका ३ का वडा अध्यक्ष खिम विक्रम चन्दका अनुसार आफ्नो वडामा करिब ६ सय ५० जना सहभागीता रहेका थियो । कुनै ठाउँमा खानेपानीको मुहान सरसफाई, परिवर्तन पार्कको सरसफाई बागमारा बजार व्यवस्थापन गरेको, गाउँको कुनै ठाउँमा गोरेटो बाटो मर्मत भएको उनले बताए । उनले आफ्नो वडा धेरै जसो गोरेटो बाटो मर्मत भएको र दुई ठाउँमा खानेपानीको मुहान सरसफाई भएको, बजार सरसफाई र बजार क्षेत्रको मोटर बाटोको पनि सरसफाई गरेको बताए ।
परिवर्तन गाउँपालिका ४ का वडा अध्यक्ष मानसिङ बुढाका अनुसार आफ्नो वडामा करिब ४ सय जतिको संख्यामा सहभागी रहेका थिए । साबिकको २ र ४ वडामा काम नभएको र गोरेटो बाटो खन्ने, मोटर बाटो मर्मत, खानेपानी मर्मत, पहिरोले ढालेको रुख काटेर बाटो खुलाउने, स्कुलमा आएको पहिरो हटाउने काम भएको उनले बताए ।
त्यस्तै गरि परिवर्तन गाउँपालिका ५ का वडा अध्यक्ष दिल बहादुर वलीका अनुसार आफ्नो वडामा करिब ६ सयको हाराहारीमा सहभागिता रहेका थियो । अविरल बर्षाले भत्काएको बाटो बनाउने, खानेपानीको मुहान बनाउने, सरसफाई र गोरेटो बाटो मर्मत गर्ने काम भएको समेत उनले बताए ।
परिवर्तन गाउँपालिका ६ का वडा अध्यक्ष भरत कुमार बुढाका अनुसार आफ्नो वडामा करिब २ सय ५० जना जतिको सहभागीता रहेको थियो । आफूहरूले वडा कार्यालय वरिपरिका ढुङ्गा हटाउने, सरसफाई गर्ने र बजारका वरिपरि भएका फोहोरलाई सरसफाई गर्ने गरेको अध्यक्ष बुढाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस