साइमेक्स इंकले अग्रिम कर नबढ्ने सूचना कसरी प्राप्त गर्यो ?

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै विद्युतिय गाडीको कर विषयमा धेरैलाई सरप्राइज दिए । बजेट भाषण गर्दै मन्त्री पौडेलले भनेका थिए, सबै प्रकारका विद्युतिय गाडीमा कर यथावत राखेको छु ।
अर्थ मन्त्री पौडेलले बजेटमा कर नबढेको सूचना सार्वजनिक गर्दै गर्दा संसदमा हासोको फोहोरा छुटेको थियो । तर कर नबढ्ने विषय केहि व्यवसायीहरुका लागि मात्रै सरप्राइज भएको देखिएको छ । किनभने गत आर्थिक वर्ष २०८१/०८२ मा पुर्व अर्थमन्त्री वर्षमान पुनबाट कर बढ्ने सूचना पाएको साइमेक्स इंकले जेठ १४ गते अघि १४ सय ९८ वटा गाडी स्टक गरेको थियो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार साइमेक्स इंकले मात्रैं १४ सय ९८ वटा गाडी स्टक गरेपछि अटो व्यवसायीहरुमा नयाँ तरगं छाएको थियो । तर यो पटक पनि साइमेक्स इंकले पुनस् सबै अटो व्यवसायीहरुलाई तरगित बनाएको छ ।
साइमेक्स इंकले २०८२ जेठ १४ अघि करिब ३ सय ५० वटा मात्रै गाडी आयात गरेको छ । मन्त्रालय स्रोतका अनुसार बीवाईडीका लगानीकर्ताहरुले अर्थमन्त्री पौडेलसँगको मिलेमतोमा अन्य व्यवसायीहरुलाई सरप्राइज दिएको दाबी छ । साइमेक्स इंकका कर्मचारीहरुले ७ सय भन्दा बढी गाडीको भन्सार जाँचपास छुटाउने भन्दै डकुमेन्ट तयार गरिरहेको फेक सूचना बाहिर पठाएको एक अटो व्यवसाइले बताए । ती व्यवसायीले भने, “इभीमा कर बढ्ने भन्दै ठूलो संख्यामा गाडी आयात गर्न बिवाईडीका कर्मचारीहरुले डकुमेन्ट खडा गरेको सूचना आएको थियो तर आयातको अवस्था हेर्दा उनीहरुको सुरक्षित सेटिङ देखियो ।”
बजेट अघिका हरेक छलफलमा स्रोतको दबाबकाबिच इभीमा कर वृद्धि गर्ने छलफल भएको थियो । तर अन्तिममा कर बढेन । अर्थ मन्त्रालयको उच्च स्रोतले भन्यो इभी गाडीको आयातको अवस्था हेर्दा कर नबढ्ने सूचना चुहिएको पक्का हुन्छ किनभने गत वर्षको बजेटमा १४ सय ९८ वटा गाडी स्टक गरेकव बीवाइडीले यो पटक ३५० हाराहारीमा मात्रै गाडी छुटाएको छ । यस्तै शारदा ग्रुपले बिक्री गर्दै आएको ओमोडा र जेको गाडी न्युन आयात भएको छ ।
ती कर्मचारीका अनुसार शारडा ग्रुपले ओमोडा ४३ वटा मात्रै भित्र्याएको छ । यस्तै जेको गाडी ७ वटा मात्रै भित्र्याएको छ ।
२ कम्पनीलाई अग्रिम सूचना
विद्युतिय गाडी बीवाईडी बिक्री गर्ने साइमेक्स इंक र एसपीजी अटोमोबाइल्सले गाडी आयातमा कर छलि गरिरहेका छन् । बीवाईडीको एट्टो ३ मा किलोवाट छलि गरी अर्बौ कर छलि भैरहेको छ भने ओमोडा ई-५ मा पनि कर छलि भएको छ ।
विद्युतिय गाडीले कर छलि गरेको भन्दै महाल्खा परिक्षकको कार्यालयले आफ्नो ६२ औं प्रतिवेदनमा बेरुजू लेखेको छ । तातोपानी भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट मात्रै ३ अर्ब ७२ करोड राजस्व छलि भएको भन्दै अनुसन्धान गरी असुल गर्न भन्सार विभागको नाममा बेरुजू लेखेको छ ।
बीवाइडीले गतवर्ष ३५ सय ३५ वटा गाडी आयात गरेको थियो । यस हिसाबले बीवाईडीको मासिक औषत आयात नै ३ सय हाराहारीमा देखिन्छ । तर यो पटक बजेट अघि ३ सय ५० गाडी मात्रै छुटाएपछि अर्थमन्त्री विष्णु पौडेलले बीवाईडी र शारडा ग्रुपलाई पहिले नै सूचना उपलब्ध गराएको मन्त्रालय स्रोतको दाबी छ ।
प्रतिकृया दिनुहोस