• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सिन्धुपाल्चोक–२ क मा बुलेटका सहयोद्धा ब्यालेटमा प्रतिस्पर्धा

काठमाडाैं । सिन्धुपाल्चोकको नर्वाचन क्षेत्र नं. २ को प्रदेश क मा माओवादी जनयुद्धको समयमा सहकर्मी भएर युद्ध हााकेका दुई योद्धाबीच चुनावी प्रतिस्पर्धा हुन लागेको छ । सत्ता गठबन्धनका तर्फबाट  माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलाल र एमालेका तर्फबाट अमान सिं तामाङ ‘अमान बा’ चुनावी मोर्चामा होमीएका  हुन् ।

यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा दुबै उमेदवार मतदाता रिझउनमा ब्यस्त रहेका छन् । माओवादी द्धन्द्धको समयमा जिल्ला जनसरकार प्रमुख समेत भएका अमान बा र वागमती प्रदेश सभामा सामाजिक विकास मन्त्री  सिमेत भएका दुलालबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखीएको छ ।

माओवादी युद्धकालमा ‘अमान बा’ भनेर चिनीने सिन्धुपाल्चोकका अमान सिं तामाङले लामो समय भुमिगत जीवन बिताएका थिए । उनी युद्धकालीन समयमा जिल्ला जनसरकार प्रमुख भएका थिए । उनी २०४८ साल देखी नै जनताको मत पाएर जनप्रतिनिधिको रुपमा रहेका छन् । २०४८ सालमा तत्कालिन कुभिण्डे गाविसबाट उपाध्यक्षमा निर्वाचित भएका तामाङ २०७४ को स्थानीय निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकामा नगरप्रमुखमा निर्वाचित भए थिए ।

गत बैशाखमा सम्पन्न भएको दोस्रो स्थानीय तहको निर्वाचनमा उनी पुनः चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख भएर आफूँले सुरुवात गरेको योजना र अभियानलाई पुरा गर्न खोजेका भए पनि माओवादीले उनलाई टिकट नदिए पछि उनी दलबल सहित एमाले प्रबेश गरेका थिए ।  माओवादीबाट उनी सहित ठुलो संख्याले बिद्रोह गरर एमाले प्रवेश गरेका तिनै ‘अमान बा’लाई नेकपा एमालेले सिन्धुपाल्चोक प्रतिनिधि सभा–२ अन्तरगत प्रदेश सभा ‘१’ को उम्मेदवार बनायो र अहिले चुनावी अभियानमा व्यस्त रहेका छन् ।

माओवादी केन्द्र र कांग्रेसका गठबन्धनका तर्फबाट उमेदवार रहेका दुलाल २०७४ को निर्वाचनमा प्रदेश सभामा सिन्धुपाल्चोक–२ प्रदेश सभा ‘१’ बाट एमाले र माओवादीको गठबन्धनबाट उम्मेदवार भएर लोकप्रिय मत पाएर विजयी भएका थिए । उनी झण्डै ३ वर्ष वागमती प्रदेश सभामा सामाजिक विकास मन्त्री समेत भएका थिए ।

उनले सामाजिक विकास मन्त्री हुँदा उनले आफ्नो क्षेत्रमा करोडौ बजेट विनियोजन गरेर विकास कसरी गर्नुपर्छ भनेर एउटा अभियानको सुरुवात समेत गरेका थिए । माओवादी र काग्रेसका साझा उम्मेदवार दुलालाई दुई पार्टीको दह्रो साथ रहेको छ भने तामाङलाई एमाले र आफ्ना पुर्वसहकर्मीहरुको बलियो आडभरोस रहेको छ । उमेरले ६० काटेका तामाङ र ४० कटेका दुलालबीच यतीबेला चुनावी प्रतिस्पर्धा छ । यो प्रतिस्पर्धामा कसले बाजी मार्छ भन्ने निर्वाचन क्षेत्रभर चर्चा हुन लागेको छ ।

स्थानीय निर्वाचनको लेखाजोखा 

चौतारा साँगाचोकगढी नगरपालिकाको १४ वडा मध्ये ५ वडा प्रतिनिधि सभा–१ मा पर्छ भने क्षेत्र नम्बर २ मा ९ वडा रहेका छन् । यो नगरपालिकामा मेयर माओवादी र उपमेयर समाजवादीले जितेको थियो । त्यस्तै प्रदेश सभा १ अन्र्तगत नै पर्ने इन्द्रावती गाउँपलिकामा अध्यक्ष उपाध्यक्ष नै एमालेले जितेको छ र त्यस्तै मेलम्ची नगरपालिका अन्र्तगत तिन वडा मध्ये एउटा एमालेले र २ काग्रेसले जितेको छ ।

यो निर्वाचन क्षेबमा स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत हेर्दा एमालेले पाएको मत पहिलो देखीन्छ ।  प्रतिनिधि सभा–२ प्रदेश सभा ‘१‘ मा एमाले १३४४९, कांग्रेस १३२६८, माओवादी ११५५१ र एकीकृत समाजवादीले ८२९ मत पाएको थियो । काग्रेस, माओवादी र समावजादीको मत जोड्दा दुलालको पक्षमा २५ हजार ६ सय ४८ मत रहेको छ भने एमालेको मत १३ हजार ४४९ मात्रै छ ।

गठबन्धन भएपनि आफुलाई कांग्रेस, माओवादी र राप्रपाले समेत सहयोग गर्नेमा तामाङ आशावादी छन् भने गठबन्धनका उम्मेदवार दुलाल भने गठबन्धनको साथ र आफुले ५ वर्षमा गरेका कामको आधारमा सबैले आफुलाई नै मतदान गर्नेमा ढुक्क छन् । दुबै उमेदवार बढी मतदाता रहेको चौतारा साँगाचोकगढी नगरपालिकाबाट बराबरी मत लैजाने अभियानमा रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर