• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सोलोमन द्वीपमा ७ म्याग्निच्युडको भूकम्प

एजेन्सी । मंगलबार सोलोमन द्वीपमा ७ दशमलब ० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटर (१८५ माइल) भित्र सोलोमन तटको क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पपछि मानिसहरुको भागदौड मच्चिएको थियो ।

भूकम्पपछि राजधानी सहरलगायतका विभिन्न स्थानमा विद्युत अवरोध भएको प्राप्त विवरणहरूमा जनाइएको छ । 
 
करिब २० सेकेन्डसम्म भूकम्प महसुस गरिएको एएफपी समाचार संस्थाले जनाएको छ । भूकम्पले पु¥याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर