• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नवनिर्वाचित सांसदहरुसँग महानगर प्रमुख बालेनले सहकार्य गर्ने  

काठमाडौं । काठामाडौंमा नवनिर्वाचित सांसदहरुसँग सहकार्य गरेर अगाडी बढ्ने काठमाडौं महानगर प्रमुख बालेनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् ।  

फेसबुकमा उनले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै लेखेका छन्– ‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोशिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ ।’
 
काठमाण्डौँ महानगरपालिका देशकै राजधानी भएको र  देशभरीका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयहरुमा काठमाण्डौँ महानगर जोडिनु पर्ने अवस्था हुने हुँदा  काठमाण्डौँ महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्ने उनले बताएका छन् ।
उनले अगाडी लेखेका छन् – ‘कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन  , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ ।’
 
काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउनका लागि संघिय सांसदहरुको साथ रहने बताउँदै उनले अगाडी लेखेका छन्– ‘काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर छौँ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर