• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सर्लाही ४ मा अमरेशकुमारः कांग्रेसले कारबाही गर्यो, जनताले पुरस्कृत गरे

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अमरेशकुमार सिंह सर्लाही ३ बाट स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका छन् । आन्तरिक विवादका काराण निवर्तमान सांसद समेत रहेका अमरेशलाई स्थानीय पार्टीले कारबाहीको सिफारिस गरेको थियो ।

आन्तरिक कलहकै कारण टिकट नपाएपछि अमरेश स्वातन्त्र उम्मेदावरका रुपमा माछा चुनाव चिन्ह लिएर लडेका थिए । अन्ततः उनले काँग्रेसका आधिकारीक उम्मेदवारसहित वाम गठबन्धनका उम्मेदवारलाई समेत पाखा लगाएर विजयी भएका हुन् । 

उनले पछिल्लो परिणामअनुसार १७ हजार ७६८ मत ल्याएका छन्। पराजित भएका नगेन्द्रकुमारले १६ हजार २८८ मत ल्याए। 

उनलाई कांग्रेस सर्लाहीले स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो। पार्टीको चौधौँ महाधिवेशनदेखि अमरेश र सभापति शेरबहादुर देउवाको सम्बन्धमा चिसोपना आएको थियो। 

कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले नेता सिंहलाई अनुशासनको कारबाहीअन्तर्गत निलम्बन गरिएको बताएका थिए। 

चुनाव अघिनै नेता सिंहले सर्लाहीका जनताको हितमा आफू रहेको र धेरै काम समेत गरेकाले जनताले आफैंलाई चुन्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर