• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

स्विजरल्याण्डका लागि क्यामरुन विरुद्ध गोल गर्दा एम्बोलोले किन खुसीयाली मनाएनन् ?

काठमाडौं । स्विटजरल्यान्डले क्यामरुनलाई एक शुन्य गोलले पराजित गरेको छ । तर स्विस टिमका लागि निर्णायक गोल गरेका ब्रेल एम्बोलोले खुसीयाली मनाएनन् । 

कतारको दोहास्थित अल जुनाब स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भए लगत्तै स्विटजरल्यान्डले अग्रता लियो । 

४८ औं मिनेटमा एम्बोलोले जद्रान साकीरीको सहयोगमा गोल गर्दै डेडलक तोडेका थिए । तर एम्बोलो गोल पछि खुसीयाली मनाउनुको साटो शान्त रहे । उनले आफ्नो हात माथि उठाए र आंखा चिम्लिए । किनकी एम्बोलो क्यामरुनमा जन्मिएका हुन् ।

 ६ वर्षको हुदा परिवार संग एम्बोलो स्विटजरल्यान्ड आएका थिए । उनले सन् २०१४ मा युरोपियन राष्ट्रको नागरिकता पाएका हुन् । १८ वर्षको उमेरमानै एम्बोलोले स्विटजरल्यान्डमा रहेका शरणार्थी बालबालिकालाइ सहयोग गर्न एम्बोलो फाउन्डेसनको स्थापना गरेका छन् । 

खेलपछि स्विस प्रशिक्षक मुरत याकिनले भने – ‘मैले एम्बोलोलाइ भनेको थिए खेल सुरु हुनु अघि सम्म क्यामरुन साथी हो  तर त्यसपछि भने उनीहरु हाम्रा विपक्षी हुन् । म एम्बोलोको प्रदर्शन बाट खुशी छु ।’  

उनले अहिलेको स्क्वाड स्विटजरल्यान्डको अहिले सम्मकै उत्कृष्ट भएको प्रतिक्रिया दिए । 

क्यामरुनले राम्रो खेल प्रदर्शन गरेपनि हार बेहोर्नु दुर्भाग्यपुर्ण रह्यो । क्यामरुन सन् १९९० पछि विश्वकपको नक आउट चरण पुग्न सकेको छैन् । स्विस टिमलाई यो जीतले ठुलो राहत मिलेको छ । अब उसले आगामी सोमबार समुहको फेभरेट ब्राजिल सग खेल्नेछ । क्यामरुनको भेट सर्विया संग हुनेछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर