तेह्रथुम प्रदेशसभा (ख) बाट माओवादीका दुर्गाप्रसाद चापागाईँ विजयी

काठमाडौं । तेह्रथुमको प्रदेशसभा (ख) बाट माओवादीका दुर्गाप्रसाद चापागाई (सचिन) विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङवालाई २ सय ९४ मतले पछि पार्दै चापागाई निर्वाचित भएका हुन् ।
चापागाईँले ८ हजार ३ सय ९४ मत प्राप्त गर्नुभयो भने एमालेका उम्मेदवार कन्दङवाले ८ हजार १ सय मत प्राप्त गरे ।
तेह्रथुम–आठराई गाउँपालिका ५ छातेढुंगाका ३९ वर्षीय चापागाई १७ वर्षको उमेरमै माओवादी लडाकु बनेका थिए । २०५२ सालदेखि नै माओवादी राजनीतिमा लागेका चापागाईसँग माओवादी पार्टीको जनसंगठन परिचालन, नीति निर्माणको योजना बनाउने लगायतका काम गर्दै माओवादी लडाकुका रूपमा सशस्त्र विद्रोहमा सहभागी भएर काम गरेको अनुभव छ । शान्ति प्रक्रियापछि उनी पार्टीको जिल्ला ईन्चार्ज तथा अध्यक्ष समेत भए ।
प्रतिकृया दिनुहोस