• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

इन्टाग्रममा पनि चर्चित मेसी, हेर्नुस् उनले मन पराएका १६ तस्वीर

काठमाडौं । कतारको दोहामा सम्पन्न फिफा विश्वकपमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसीले उपाधि दिलाएसँगै उनको विश्वव्यापी प्रभाव बढेको छ । मेसीलाई कतिपयले ब्राजिलका पेले, अर्जेन्टिनाकै म्यारोडोना पछि महान फुटबलरको सूचीमा राखिरहेका छन् । 

सामाजिक सञ्जाल मार्फत उनलाई पछ्याउनेहरुको संख्या पनि ह्वात्तै बढेको छ । यसअघि इन्टाग्रममा पहिलो नम्बरमा रहेका पोर्चुगलका क्रिष्टियानो रोनाल्डोलाई मेसीले उछिनेका छन् । 

मेसीले अर्जेन्टिनालाई विश्वकप जिताउने क्रममा मैदानमा थुप्रै किर्तिमान आफ्नो नाममा गरे । सोमबार विश्वकप जितेपछि मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा ट्रफीसहितको फोटो पोस्ट गरेका थिए ।

यसमा ५ करोड ४५ लाखभन्दा बढी लाइक आएका छन् । उनी एउटै इन्स्टाग्राम पोस्टमा सबैभन्दा धेरै लाइक पाउने खेलाडी बनेका छन् ।
यस मामिलामा मेसीले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् । रोनाल्डोले विश्वकप सुरु हुनुअघि मेसीसँग चेस खेलेको तस्विर पोस्ट गरेका थिए । जसमा ४२ मिलियन (४ करोड) भन्दा बढी लाइक आएको थियो । त्यसपछि उनले विश्व कीर्तिमान आफ्नो नाममा बनाएका थिए ।  

तर फलोअरको कुरा गर्दा रोनाल्डो अहिले पनि इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर भएका व्यक्ति हुन् । उनका अहिले इन्स्टाग्राममा ५१९ मिलियन फलोअर रहेका छन् । जबकी मेसीका इन्स्टाग्राममा ४०१ मिलियन फलोअर रहेका छन् ।

हेर्नुस् विश्वकपका दौरान मेसीले मन पराएर इन्टाग्रममा पोष्ट गरेका १६ तस्वीरहरुः

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर