• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

काठमाडौं बसन्तपुरमा फागुको रौनकः हेर्नुस १२ तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली) पर्व रङ्ग खेलेर मनाइएको छ । काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ ।

स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाइरहेका छन् । सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएको छ ।

वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागुपूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन् । पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीलेसमेत मनाउने गराउने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर