• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

प्रचण्ड सरकार बनेपछिको उच्चस्तरीय भ्रमणः अमेरिकी उपमन्त्री भिक्टोरिया नेपाल आउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा झण्डै सर्वसम्मत प्रकृतिको सरकार बनेपछि नेपालमा सवैभन्दा पहिला अमेरिकी उच्च भ्रमण हुन लागेको छ । 

आगामी साता अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड ले नेपाल भ्रमण गर्न लागेकी हन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भिक्टोरियाले माघ १५ र १६ गते नेपालको भ्रमण गर्ने छन् ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतलाई भेट्ने तय भएको छ।  

प्रचण्ड नेतृत्वमा नयाँ सरकार बनेपछि छिमेकी चीन र भारतले बधाई तथा शुभकामना दिदै सहकार्यको प्रस्ताव गरेपनि दुवै देशबाट अहिलेसम्म उच्चस्तरीय भ्रमणको तय भएको छैन । 

भ्रमणमा मुख्य गरी अमेरिकाको अनुदान सहयोगमा अघि बढेको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) लगायतका विकास तथा सहकार्य र द्धिपक्षीय सम्बन्धका विषयमा उनले चासो व्यक्त गर्ने बताईएको छ ।  

केही दिन अघि नेपालस्थित अमेरिकी राजदूत थमसनले केही पत्रकारहरुसँग गरेको अन्तरक्रियामा समेत नेपालमा एमसीसी परियोजना कार्यान्वयन अमेरिकाको उच्च प्राथामिकतामा रहेको बताएका थिए ।

यसबीचमा एमसीसी हेडक्वाटरबाट समेत परियोजनाका उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने सम्भावना औंल्याईएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर