• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल

काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी भएका छन् । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा भुसाल पनि सहभागी भएका हुन् । एमाले त्यागेपछि भुसाल एकीकृत समाजवादीको बैठकमा पहिलोपटक सहभागी भएका हुन् । 

उनलाई एकीकृत समाजवादीले महासचिव बनाउने सर्त छ । सोही सर्तअनुसार बिहीबार सचिवालय बैठकमा भुसाल सहभागी भएका हुन् । 

जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । विशेषगरी बैठकमा राष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन केन्द्रित छलफल भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर