• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

लामिछाने विरुद्धको मुद्दाः अदालतले माग्यो थप विवरण

काठमाडौं । सर्वोच्च अदालतले नेपाली सुपरस्टार क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा थप विवरण माग गरेको छ । 

न्यायाधीश हरि फुयाँलको इजलासले निवेदनमाथि सुनुवाई गर्दै कैफियत प्रतिवेदन अर्थात मुद्धाबारेको थप विवरण माग्ने आदेश दिएको हो ।  

गएको मंगलबार महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश बदर गरी उनलाई थुनामै राख्न माग गर्दै निवेदन दिएको थियो। लामिछानेलाई क्रिकेट एसोशियसन अफ नेपाल क्यानले भने आजबाट प्रशिक्षणमा सहभागि गराएको छ । 

सन्दीपलाई बिहीबार दोस्रो चरणको २० जनाको सूचीमा राखेर बन्द प्रशिक्षणमा बोलाइएको हो। अब उनी राष्ट्रिय टोलीसँगै होटलमा रहने छन्। 

यसअघि नै सन्दीपले क्यानको प्रशिक्षणस्थलतमा पुगेर अभ्यास गरेका थिए। तर सन्दीप जोडिएको बलात्कार प्रकरणमा उनको बचाउमा उत्रिएका अर्का क्रिकेटर देव खनाल भने २० जनाको सूचीमा परेनन्। 

नेपाल, नामिबिया र स्कटल्यान्डबीच आगामी फागुन २ गतेदेखि ९ गतेसम्म घरेलु मैदान कीर्तिपुरमा त्रिदेशीय सिरिज हुँदैछ। 

दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो।

महान्यायाधिवक्ता कार्यालयले सन्दीपलाई थुनामा राख्नुपर्ने जिकिर  गरेको छ। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर