सञ्चारिका समूह धनकुटाको अध्यक्षमा शर्मिला सर्वसम्मत

धनकुटा । सञ्चारिका समूह धनकुटाको अध्यक्षमा शर्मिला राई सर्वसम्मत भएकी छिन् । आइतबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले राईलाई सर्वसम्मत अध्यक्ष चयन गरेकाे हाे ।
सञ्चारिका समूह धनकुटामा राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समूहको उपाध्यक्षमा निर्मला कुँवर, सचिवमा आकृति राई र कृष्णकुमारी राई, सहसचिवमा शारदा विश्वकर्मा र कोषाध्यक्षमा चाँदनी राई रहेकाछन् ।
यसै गरी सदस्यहरुमा अनिता राई, बालकुमारी थापा, सिर्जना खुलाल, सष्टिका राई, सुस्मिता राई, अनुषा राई र धनकुमारी राई सर्वसम्मत भएका छन् ।
सो अवसरमा नयाँ बनेकाे समितिलाई बधाई तथा शुभकामना दिँदै केन्द्रिय अध्यक्ष विमला तुंखेवाले पत्रकारितामा महिलाको क्षमता बढाउन र पत्रकारितामा महिलाहरूलाई टिकाउन सबैले पहल गर्नुपर्ने बताइन् । सचारीका समूह धनकुटाकी सचिव देवकला कार्कीको अध्यक्षतामा तथा केन्द्रिय अध्यक्ष तुंखेवाको प्रमुख आतिथ्यतामा दोस्रो अधिवेशन सम्पन्न भएको थियो ।
नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहने बताइएकाे छ । सञ्चारिका समूहले पत्रकार महिलाहरुको हकहितका लागि काम गर्दै आइरहेको संस्था हो ।
प्रतिकृया दिनुहोस