• २०७९ चैत १५ बुधबार
  • Wednesday, 29 March, 2023

चीनको राष्ट्रपतिमा सी सर्वसम्मत निर्वाचित

काठमाडौं । चीनको राष्ट्रपतिमा सि चिन फिङ चयन भएका छन् । २ कार्यकाल सम्पन्न गरिसकेका सी तेस्रो कार्यकालका लागि चयन भएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका जारी चौथो कांग्रेसले उनलाई तेस्रो कार्यकालका लागि निर्वाचित गर्नुका साथै चिनियाँ जनमुक्ति सेनाको सेन्ट्रल मिलिटरी कमिसनको अध्यक्ष पनि बनाएको छ । 

६९ वर्षीय राष्ट्रपति सी चीनको समकालिन राजनीतिमा मात्रै होईन विश्व राजनीतिमा समेत शक्तिशाली व्यक्तिका रुपमा उदाएका छन् । 

उनी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव हुँदै अध्यक्ष भएदेखिनै शक्तिशाली रुपमा उदाएका हुन् । 

चिनियाँ कम्युनिष्ट पार्टीले उनलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति बनाउने कुरा यस अघि नै लगभग तय भएको तर प्रधानमन्त्री र मन्त्रीहरु को को हुन्छन् भन्ने कुरा भने महत्वपूर्ण हुने वीवीसीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर