• २०८३ कार्तिक ७ शुक्रबार
  • Friday, 23 October, 2026

हुथीकाे हमलाः साउदीमा एक नेपालीपछि भारतीयकाे ज्यान गयाे

एजेन्सी । बुधबार राति साउदी अरबको दमाम विमानस्थलमा भएको आक्रमणमा एक भारतीयसहित २ जनाको मृत्यु भएको छ। 

रियादस्थित भारतीय दूतावासले साउदी अधिकारीहरूलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार घटनामा दुई जना भारतीय घाइते पनि भएका छन्।

भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउदी अधिकारीहरूले हिजो राति दमाम विमानस्थलमा भएको आक्रमणमा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको जानकारी दिएका छन्।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस आक्रमणमा दुई भारतीय नागरिक घाइते पनि भएका छन्। हामी घटनासँग सम्बन्धित थप जानकारी संकलन गर्दै प्रभावित परिवारहरूसँग सम्पर्क गरिरहेका छौँ।’

अर्का मृतक साउदीकै नागरिक भएको रोयटर्सले उल्लेख गरेको छ। 

यसअघि बुधबारै बिहान साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा गरिएको आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। 

हमलामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।

यद्यपि मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण विज्ञप्तिमा खुलाइएको छैन।

साउदी अरबमा यी आक्रमणको पछाडि को छ भन्ने कुरा अझै स्पष्ट भएको छैन। यद्यपि यी घटना यमनमा हुथी विद्रोहीसँग द्वन्द्व चर्किएका बेला भएका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर