• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

राष्ट्रपति सीका विश्वासपात्र ली चियाङ प्रधानमन्त्री नियुक्त 

एजेन्सी । चीनको प्रधानमन्त्रीमा ली चियाङ नियुक्त भएका छन्। राष्ट्रिय जनकंग्रेसमा शनिबार भएको मतदानमा अत्यधिक मत प्राप्त गर्दै ली मुलुकको दोस्रो शक्तिशाली पदमा निर्वाचित भएका हुन्। शुक्रबाट मात्रै राष्ट्रपतिमा सी चिन फिङ तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका थिए ।

जनकंग्रेसका २ हजार ९४७ सदस्यमध्ये २ हजार ९३६ जनाले लीलाई मत दिएका छन्। तीन जनाले उनीविरुद्ध मत दिएका थिए भने ८ जना अनुपस्थित थिए।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भएको मतदानबाट उनी निर्वाचित भएका हुन् । 

प्रधानमन्त्रीका रुपमा लीले सोमबार कंग्रेसको अधिवेशन सम्पन्न भएपछि आफ्नो पहिलो पत्रकार सम्मेलन आयोजना गर्नेछन्। त्यो चीनको अर्थतन्त्र उकास्नेबारे उनको मत कस्तो छ भनेर बुझ्ने अवसर हुनेछ।

‘ली चियाङको सबैभन्दा ठूलो चुनौती भनेको यो वर्ष चीनको अर्थतन्त्र उकास्नु हो,’ युरेसिया ग्रुपकी आभा सेन भन्छिन्।

प्रधानमन्त्रीमा लीको नियुक्तिले ४० वर्षदेखि चल्दै आएको सो प्रतिद्वन्द्विता अन्त्य भएको बेइजिङस्थित राजनीतिक विश्लेषक वु चियाङ बताउँछन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर