• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भारतमा ‘एचथ्री एनटू’ भाइरस सङ्क्रमित दुई जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिमी राज्य महाराष्ट्रमा ‘एचथ्री एनटू’ भाइरस सङ्क्रमित दुई जनाको  मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले भने,  ‘सङ्क्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका मेडिकल विद्यार्थी हुन्, अर्का एक जना नागपुरका ज्येष्ठ नागरिक हन्। 

दुवै बिरामीमा अन्य थुप्रै समस्या पनि उपचारका क्रममा देखिएको थियो स्वास्थ्यमन्त्री सावन्तले जानकारी दिए। दुई जनाको मृत्यु भएको पुष्टि भएपछि स्थानीय सरकारले सङ्क्रमण हुनबाट सावधानी अपनाउन स्वास्थ्य प्रशासन र राज्यभरका अस्पताललाई सचेत गराएको छ। 

राज्यमा हालसम्म तीन सय ५० भन्दा बढी बिरामीमा एचथ्री एनटू भाइरसको सङ्क्रमण पुष्टि भएको छ। 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर