• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भुर्तेलले पूरा गरे अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा बिहीबार युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

उनले ३२ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५० रन जोडेका हुन् । नेपालले १६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९८ रनन जोडेको छ । रोहित पौडेलले १६ र कुशल मल्लले ५ रन जोडेर आउट हुँदा आशिफ शेख शून्य रनमै बाहिरिए ।  भीम सार्की र कुशल भुर्तेलले ब्याटिङमा छन् । 


यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । यूएईका लागि सर्वाधिक खानले १०१, भृत्य अरविन्दले ९४ रन जोडेका थिए । 

नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर