• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

छिटो निदाउन गर्नुहोस् यी दुई काम 

काठमाडौं । अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन् यस्ता मान्छे ।

यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुुहन्छ ।

आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ । पहिलो, गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग । सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस् ।

दोस्रो, नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग । यहाँ पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ ।
तेस्रो तथा अन्तिम, पाइतालाको मध्यभाग । यहाँ चाहीँ पहिला ३० सेकेन्ड दबाब दिनुस् त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर