• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रधानमन्त्रीलाई विश्वासको मत दिलाउन एक हुने १० दलको निर्णय

काठमाडौं । सत्ता गठबन्धनमा रहेका १० दलका शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिलाउन एक हुने निर्णय गरेका छन् । 

गठबन्धनको बैठक बालुवाटारमा केहिबेर अघि सम्पन्न  भएको छ।

बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।

बैठकपछि प्रधानमन्त्री प्रचण्डको सचिवालयले भनेको छ, 'सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न  भएको छ। बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।'


राष्ट्रपतिको निर्वाचनमा चुनावअघिको गठबन्धन ब्यूँताउँदै नेपाली कांग्रेससहित ८ दल एक ठाउँमा उभिएपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो। सो आठदलीय गठबन्धन पछिल्लो समय १० दलीय बनेको हो। 

एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले यही चैत ६ गते पुनः विश्वासको मत लिँदै छन्। यसपछि कांग्रेससहितका दललाई समावेश गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। 

आजको  बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू सहभागी भएका थिए।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर