विप्लब भन्दा माधवकुमारसँग माओवादीकाे एकता नजिक, प्रदेश नेताबाट सुझाव संकलन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले स्थायी समिति बैठकका एजेण्डा तय गरेको छ । विभिन्न एजेण्डाहरुमध्ये एउटा अन्य दलहरुसँगको सहकार्य र एकता भन्ने पनि छ ।
अहिले माओवादीको एकता र सहकार्यको चर्चामा माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टी नेकपा एस र नेत्र विक्रम चन्द नेतृत्वको नेकपा छन् । नेकपाले यस अघि नै माओवादीसँगको एकताको निर्णयनै गरेपनि हाल सो दल पछि हटेको छ । तर उता नेकपा एससँगको सहकार्य तथा एकताका लागि प्रदेश तहमा नै सुझाव लिने क्रम चलिरहेको नेताहरुले बताएका छन् ।
समाचार दैनिकसँग कुरा गर्दै उपमहासचिव वर्षमान पुनले समाचार दैनिकसँग कुरा गर्दै नेकपा एसँगको एकताबारे दुवै दलले प्रदेश तहका नेता कार्यकर्ताहरुगँग सुझाव संकलन गरिरहेको जानकारी दिए ।
त्यस्तै नेता दिनानाथ शर्माले नेकपासँगको एकताबारे पनि स्थायी समितिमा छलफल हुने तर प्रकृया भने खासै अघि बनढेको बताए ।
माओवादी केन्द्रले साउन १६ गतेदेखि स्थायी समिति बैठक बोलाएको छ।
बुधबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा समाजवादी मोर्चाबारे ब्रिफिङ गर्दै एकताका लागि नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्टसँग छलफल चलिरहेको जानकारी प्रचण्डले दिएको शर्माले समाचार दैनिकलाइ जानकारी दिए।
‘समाजवादी मोर्चाबारे ब्रिफिङ गर्नुभयो,’ शर्मा भने, ‘पार्टी एकताको निम्त पहल गर्ने भनेर छलफल चलिरहेको छ। माधवजीसँग पनि, विप्लवजीसँग पनि एकताका लागि छलफल चलिरहेको छ भन्नुभयो।’
पछिल्लो समय विशेषगरि माधव नेपालसँग प्रचण्डको लगातार छलफल भइरहेको छ।
समाजवादी मोर्चाको कामकारबाही र एकताबारे स्थायी समिति बैठकमा समेत छलफल हुनेछ।
पेरिसडाँडामा बुधबार बसेको बैठकले पार्टीको आन्तरिक एकतामा फरकफरक धारणा सार्वजनिक भएको उल्लेख गर्दै पार्टीमा सुदृढ एकताका लागि स्थायी कमिटीमा छलफल गर्ने भएको छ ।
माओवादी सचिव लिलामणि पोखरेलका अनुसार साउन १६ गतेदेखि बस्ने स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक एकता बलियो पार्ने, आगामी महाधिवेशनको मिति तय गर्ने, विषयमा छलफल गर्ने र विचार मिल्ने दलहरूसँग पार्टी एकताका सन्दर्भमा विशेष प्रस्ताव पास गर्ने निर्णय गरेको छ ।
पार्टीको आगामी महाधिवेशनका विषयमा स्थायी कमिटी बैठकमा छलफल गरिनेछ । यसका साथै पार्टीको आन्तरिक एकता सुदृढीकरणका लागि विधि पद्धतिका विषयमा छलफल हुनेछ ।
प्रतिकृया दिनुहोस