• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पाकिस्तानमा भूकम्प, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन्। मंगलबार राति अफगानिस्तानको हिन्दुकुश क्षेत्र केन्द्रविन्दू बनाइ गएको भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो।


बीबीसीका अनुसार हालसम्म पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मात्रै आधिकारिक तथ्यांक बाहिर आएको छ।

जिल्ला प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार स्वात जिल्लामा भूकम्पले सबैभन्दा बढी क्षति पुगेको छ। भूकम्पपछि गएको पहिरोका कारण स्वात जिल्लाको कलम सडक पनि अवरुद्ध भएको छ।

स्वातमा आपतकाल घोषणा गरी सबै कर्मचारीलाई उद्वार र उपचारका लागि सतर्क गराइएको जिल्ला प्रहरी अधिकारी शफिउल्लाहले बताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर