• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

डेनमार्कले फिनल्याण्डलाई हरायो 

काठमाडौं । युरोकप छनोटमा डेनमार्कले जित निकालेको छ । बिहीबार राति भएको खेलमा डेनमार्कले फिनल्याण्डलाई ३–१ गोल अन्तरले हराएको हो ।

रासमुस होजलुन्डले ह्याट्रिक गरेपछि डेनमार्कले जित निकालेको हो ।खेलको २१ औं मिनेटमा रासमुसले गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५३ औं मिनेटमा ओलिभर एन्टम्यानले गोल गर्दै फिनल्याण्डलाई १–१ गोलको बराबरीमा ल्याए ।८२ औं मिनेटमा रासमुसले व्यक्तिगत दोस्रो गोल गर्दा डेनमार्क २–१ ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा रासमुसले ह्याट्रिक पूरा गर्दै डेनमार्कलाई ३–१ को जित दिलाए ।जितसँगै डेनमार्कले पहिलो खेलमा ३ अंक जोडेको छ । समूह एचमा डेनमार्क शीर्ष स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर