• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पाँच सवारी साधन जुध्दा ८७ घाइते

काठमाडौं ।  हङकङमा पाँच सवारी साधन जुध्दा ८७  जना मानिस घाइते भएका छन् । शुक्रबार दिउँसो सेउङ क्वान ओ टनेलनजिकै सो दुर्घटना भएको हो । 

घाइते हुनेहरुमा प्राथमिक स्कुलका विद्यार्थीहरु समेत छन् । घाइते एक जनाको स्थिति नाजुक रहेको र अर्का एक व्यक्ति पनि गम्भीर घाइते भएको सरकारी प्रवक्ताले बताएकी छन् । उनीहरु दुवै युनाइटेड क्रिस्चियन हस्पिटलमा उपचाररत छन् ।

सो दुर्घटनामा दिउँसो १ बजेतिर चार वटा बस र एउटा ट्रक ठोक्किएको बताइएको छ ।  तीन वटा बसले १८० जना विद्यार्थी र शिक्षक बोकेका थिए। उनीहरु एसकेएच ताक तिन ली सिक्यु क्युङ प्राइमरी स्कुलका हुन्।

चौथो बसमा भने प्रायः वृद्धहरु रहेका र घुम्न निस्केकोे बताइएको छ । करिब ३० विद्यार्थी घाइते छन्। एससीएमपी 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर