पाँच सवारी साधन जुध्दा ८७ घाइते

काठमाडौं । हङकङमा पाँच सवारी साधन जुध्दा ८७ जना मानिस घाइते भएका छन् । शुक्रबार दिउँसो सेउङ क्वान ओ टनेलनजिकै सो दुर्घटना भएको हो ।
घाइते हुनेहरुमा प्राथमिक स्कुलका विद्यार्थीहरु समेत छन् । घाइते एक जनाको स्थिति नाजुक रहेको र अर्का एक व्यक्ति पनि गम्भीर घाइते भएको सरकारी प्रवक्ताले बताएकी छन् । उनीहरु दुवै युनाइटेड क्रिस्चियन हस्पिटलमा उपचाररत छन् ।
सो दुर्घटनामा दिउँसो १ बजेतिर चार वटा बस र एउटा ट्रक ठोक्किएको बताइएको छ । तीन वटा बसले १८० जना विद्यार्थी र शिक्षक बोकेका थिए। उनीहरु एसकेएच ताक तिन ली सिक्यु क्युङ प्राइमरी स्कुलका हुन्।
चौथो बसमा भने प्रायः वृद्धहरु रहेका र घुम्न निस्केकोे बताइएको छ । करिब ३० विद्यार्थी घाइते छन्। एससीएमपी
प्रतिकृया दिनुहोस