• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

 लुकाकुको ह्याट्रिकमा बेल्जियमको सहज जित 

काठमाडौं । रोमेलु लुकाकुको ह्याट्रकको मद्दतले बेल्जियमले युरो २०२४ को छनोट खेलमा स्वीडेनमाथि सहज जित हासिल गरेको छ । ज्लाटान इब्राहिमोविच स्वीस टोलीमा फर्किएको खेलमा लुकाकु हाबी बनेका हुन् ।


पहिलो हाफको ३५ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका लुकाकुले दोस्रो हाफको सुरुवातमा नै अर्को थपे । ८२ औँ मिनेटमा उनले आफ्नो ह्याट्रिक पुरा गरे । लुकाकुले बेल्जियमका लागि १०५ खेल खेल्दै ७१ गोल गरिसकेका छन् ।

उता खेलको ७३ औँ मिनेटमा इब्राहिमोविच मैदानमा प्रवेश गर्दा फ्यानहरूले ताली बजाएर स्वागत गरेका थिए । एक वर्ष पछि उनी स्वीस टोलीमा फर्किएका हुन् । योसँगै उनी युरोपियन च्याम्पियनसीप छनोटमा खेल्ने सबैभन्दा धेरै उमेरमा खेलाडी बनेका थिए । ४१ वर्ष ५ महिना र २१ दिनका इब्राहिमोविचले यसअघि इटालियन गोलकिपर डिनो जोफले सन् १९८३ मा बनाएको कीर्तिमान भंग गरे ।

तर इब्राहिमोविचको कीर्तिमान लामो समय टिकेन । शुक्रबार नै उनीभन्दा चार दिन जेठो रहेका गिल्ब्राल्टारका स्ट्राकर लि काससिआरोले ग्रिसविरुद्धको खेलमा उनको रेकर्ड तोडेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर