सप्तरीमा पर्खाल भत्किँदा भारतीय मजदुरको मृत्यु

काठमाडौं । सप्तरीमा एक इँटा भट्टाको पर्खालभत्किँदा भारतीय मजदुरको मृत्यु भएको छ । रूपनी गाउपालिका २ मा रहेको पिपराहीको जेएसआर इँटा उद्योगको मंगलवार पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु भएको हो ।
पखर्खाल भत्कँदा दुईजना मजदुर गम्भीर घाइते भएका छन् । बिहान ७ बजेतिर इँटा निकाल्ने क्रममा अचानक पर्खाल भत्किँदा भारतको पश्चिम बंगाल राज्य कुच विहार ग्राम पञ्चायत अठरजनी निवासी ४५ वर्षीय अलिम अज्मिको मृत्यु भएको प्रहरीले जनाउको छ ।
पर्खालले चेपिएर गम्भीर घाइते भएका मजदुरको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
घट्नामा मृतककी २८ वर्षीया पत्नी भुजिन विवी र सोही ठाँउ निवासी २५ वर्षीय जनमालरुलहक घाइते भएका छन् । दुवैजनाको अस्पतालमा उपचार भइरहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस