• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

स्पेन घरेलु टोली स्कटल्यान्डसँग स्तब्ध 

काठमाडौं । स्कट म्याकटोमिनेले दुई गोल गरेपछि स्पेन युरो २०२४ को छनोट खेलमा स्कटल्यान्डसँग स्तब्ध बनेको छ ।स्पेन घरेलु टोली स्कटल्यान्डसँग २–० ले स्तब्ध बनेको हो ।


स्कट म्याकटोमिनेले पहिलो र दोस्रो हाफमा गोल गर्दै टोलीलाई जित दिलाए । हाम्डेन पार्क ग्लास्गोमा मंगलबार राति भएको खेलको सातौं मिनेटमा नै स्कट म्याकटोमिनेले गोल गरेपछि स्पेन खेलमा पछि पर्यो । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ५१औं मिनेटमा स्कटले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै स्पेनलाई स्तब्ध पारे । दुई गोलले पछि परेको स्पेनले घरेलु टोलीविरुद्ध ७५ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा छनोटमा पहिलो हार बेहोर्न पुग्यो ।

स्पेनले पहिलो खेलमा नर्वेलाई ३–० ले पराजित गरेको थियो । स्कटल्यान्डको भने यो लगातार दोस्रो जित हो । यसअघि स्कटल्यान्डले साइप्रसलाई ३–० ले पराजित गरेको थियो । उक्त खेलमा पनि म्याकटोमिनेले दुई गोल गरेका थिए ।

लगातार दोस्रो जितसँगै स्कटल्यान्ड दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित स्पेन २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा नर्वे र जर्जियाले १–१ गोलको बराबरी खेल्दै छनोटमा पहिलो अंक जोडेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर