• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

ब्रुएना चम्कँदा जर्मनीको हार 

काठमाडौं ।  कप्तान तथा मिडफिल्डर केभिन डि ब्रुएनाले एक गोलसँगै दुई असिस्ट प्रदान गरेपछि बेल्जियमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीमाथि रोमाञ्चक जित दर्ता गरेको छ ।


बेल्जियमले घरेलु टोली जर्मनीमाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो । बेल्जियमको जितमा यान्निक कारास्को, रोमेलु लुकाकु र केभिन डि ब्रुएनाले गोल गरे । जर्मनीका निकलस फुलक्रुग र सर्ज जिनाब्रीले गोल गरे ।

कोल्नमा मंगलबार राति भएको खेलको छैटौं मिनेटमा यान्निक कारास्कोको गोलबाट बेल्जियमले १–० को अग्रता लिन सफल भएको थियो । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भए । नवौं मिनेटमा केभिन डि ब्रुएनाको पासमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए ।

४४औं मिनेटमा निकलस फुलक्रगले पेनाल्टीमा गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए । पेनाल्टी बक्समा लुकाकुले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा निकलस चुकेनन् ।

७८औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाए । उनले लियान्द्रो ट्रोससार्डको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ८७औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै खेललाइ ३–२ को स्थितिमा ल्याएपनि थप गोल निस्कन नसक्दा घरेलु टोली जर्मनीले बेल्जियमलाई नतिजा सुम्पियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर