• २०८२ जेठ २४ शनिबार
  • Saturday, 7 June, 2025

नेपालले बलियो हङकङलाई बराबरीमा रोक्यो

काठमाडौं । फिफा वरियतामा नेपाल भन्दा निक्कै अगाडी १५७औं स्थानमा रहेको हङकङ चाईनालाई नेपालले गोलरहित बराबरीमा रोक्न सफल भएको छ । 

एएफसी एसियन कप छनोट अघि नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको हाे। बिहीबार हङकङ स्टेडियममा भएको खेलमा हङकङले नेपालमाथि दबाब सृजना गरेपनि गोल भने गर्न सकेन । 

इन्ज्युरी समयको तेस्रो मिनेटमा नेपाल १० खेलाडीमा सिमित हुन पुग्यो। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मनि कुमार लामा दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडेपछि नेपाल १० खेलाडीमा समेटिएको थियाे । त्यसका बाबजुद नेपालले डिफेन्सीभ खेल पस्कँदै हङकङका खेलाडीलाइ राेक्न सक्याे । 

हङकङसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट लाओस जानेछ। एसियन छनोटमा नेपाल र लाओस मंगलबार भिड्नेछन्।

फिफा वरियतामा नेपाल भने १७५ औं स्थानमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर