• २०८२ जेठ २४ शनिबार
  • Saturday, 7 June, 2025

अर्जेन्टिनाको जित, उरुग्वेको हार, ब्राजिलको बराबरी

काठमाडौं । विश्वकप छनोट फुटबलको दक्षिण अमेरिकी प्रतियोगितामा विश्व विजेता अर्जेन्टिनाले जित निकालेको छ । आज विहान भएको खेलमा चिली विरुद्ध अर्जेन्टिनाले १–० गोलको कठिन जित निकालेको हो । 
अर्जेन्टिनाका लागि पहिलो हाफको १६औं मिनेटमा जुलियन अल्भारेजले गोल गरेका थिए । कप्तान लियोनल मेसी दोस्रो हाफको ५७ औं मिनेटमा मैदान छिरेर २ सट प्रहार गरेपनि गोल गर्न भने सकेनन् । अन्ततः खेल १–० अन्तरले अर्जेन्टिनाले जित्यो । अर्जेन्टिना सन् २०२६ मा हुने विश्वकपका लागि छनोट भइसकेको छ । 

अर्को खेलमा ब्राजिलले बराबरी खेलेको छ । नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीले सम्हालेको पहिलो खेलमा नै ब्राजिल जित विहिन हुन पुग्यो । आज विहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग गोलरहित बराबरी खेलेको हो । 
उता उरुग्वेले भने पराजय भोगेको छ । पाराग्वे विरुद्ध आज विहानको खेलमा उरुग्वेले २–० गोलको हार खाएको हो । 

विश्वकप छनोटमा कोन्मेबोलको अंक तालिकामा १५ खेलबाट ३४ अंकसहित अर्जेन्टीना शिर्ष स्थानमा, २४ अंकसहित इक्वेडर दोस्रो, २४सै अंक भएको पाराग्वे तेस्रो र २२ अंकसहित ब्राजित चौथो स्थानमा छन् । उरुग्वेवको २१ अंक ५ भने कोलम्बियाको २० अंक छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर