• २०८२ जेठ २४ शनिबार
  • Saturday, 7 June, 2025

यामालले एम्बाप्पेलाई हराएर राेनाल्डाेसँगकाे भेट पक्का गरे 

काठमाडौं । युवा स्टार लामिन यामाल चम्किएसँगै युराेपकाे शक्तिशाली देश फ्रान्स स्पेनसँग निरिह बन्न पुगेकाे छ ।

फ्रान्सेली स्टार केलियन एम्बाप्पे यामालकाे डाेमिनेशनमा परेका छन् । याे विषय हाे नेशन्स लिगको सेमिफाइनलकाे । कुल ९ गाेल भएकाे गएरातिकाे स्पेन र फ्रान्सबीचकाे खेलमा स्पेनले ५–४ गाेलकाे जित निकाल्दै फाइनल यात्रा तय गरेकाे छ । 

लामिन यामालको २ गोलमा स्पेनले शानदार प्रदर्शनसहित बिहीवार फ्रान्सलाई ५-४ ले हराउँदै फाइनल यात्रा तय गरेको हो। स्पेनले पोर्चुगलसँग फाइनल खेल्नेछ ।

१७ वर्षीय बार्सिलोनाका फरवार्ड यामाललाई यो सिजनको विश्वकै उत्कृष्ट खेलाडीको रुपमा हेरिन्छ । उनी बलोन ड’ओर जित्ने दाबेदारमध्ये एक मानिन्छन् । उनले स्टुटगार्टमा स्पेनका लागि २ गोल गरेका हुन्।

स्पेनका लागि अर्का युवा स्टार निकाे विलियम्सले खेलकाे २३ मिनेटमा गाेल गरेर स्पेनलाइ अग्रता दिएका थिए । मिकेल मेरिनोकाले २५ औं मिनेटमा गोल गर्दै स्पेनलाई २-० ले अगाडि बढाए । ५४ औं मिनेटमा यामालले पेनाल्टीमा गोल गरे। आद्रिएन राबिओले आफैलाई फाउल गरेपछि प्राप्त पेनाल्टी यामालले गोल गरेका हुन्।

५५ औं मिनेटमा पेड्रीले विलियम्सको पासमा गोल त्यसपछि ५९ औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गरे। पेड्रो पोर्रोको फाउलपछि फ्रान्सले पेनाल्टी पाएको हो।

तर यामालले ६७ औं मिनेटमा आफ्नो दोस्रो र स्पेनको पाँचौं गोल गोल गरेपछि खेल लगभग सकिएको जस्तो देखिन्थ्यो।

फ्रान्सले अन्तिम ११ मिनेटमा ३ गोल गरेर खेलमा रोमाञ्चक बनाएकाे थियाे । फ्रान्सका परिवर्तित खेलाडी रायान चेर्कीले आफ्नो अन्तर्राष्ट्रिय डेब्युमा एमबाप्पेको पासमा समातेर बल २० यार्डबाट भलीमा शानदार गोल गरे । स्पेनी डिफेन्डर डानी भिभियनले ८४ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल थप रोचक बन्यो ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा रान्डल कोलो मुआनीले चेर्कीको क्रसमा हेड गर्दै गोल खेललाई ५-४ को रोमान्चक अवस्थामा पुर्याए । तर फ्रान्स बराबरी गोल गर्न सकेन।

अब आइतबार म्युनिखमा स्पेन र पोर्चुगलले फाइनल खेल्नेछन् । जहाँ यामल र राेनान्डाेकाे भेट हुनेछ । फ्रान्स र जर्मनीबीच स्टुटगार्टमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर