• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

 ट्वीटरको नयाँ लोगामा कुकुर

काठमाडौं । सिइओ एलन मस्कले ट्वीटरको लोगो नै फेरिदिएका छन् । यो सँगै ट्वीटरबाट निलो चराको ठाउँमा कुकुरको चित्र ल्याइएको छ ।मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् ।

अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ ।विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर छ । हाल मस्कले उक्त क्रिप्टोकरेन्सीको २५८ अर्ब डलर फिरौती सम्बन्धी मुद्दा झेलिरहेका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर