कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री शाहीको फेसबुक पेज ह्याक

कालिकोट । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीको फेसबुक पेज ह्याक भएको छ । 

कर्णाली प्रदेशको मुख्यमन्त्री हुने बेलादेखि संचालनमा आएको उक्त फेसबुक पेज सेक्रेटरिएट अफ इएक्स चिफ मिनिस्टार कर्णाली प्रोभिन्स नामबाट संचालनमा आएको उक्त फेसबुक पेज केहि दिन अगाडीबाट ह्याकरले ह्याक गरेको पूर्व मुख्यमन्त्री शाहीको निजि सचिवालयले जानएको छ ।

पुर्व मुख्यमन्त्री शाहीको उक्त पेसबुक पेजबाट अस्लील फोटोहरु पोष्ट हुदै गएको र कसले ह्यक गरेको हो भन्ने बिषयमा अनुसन्धान गर्नुका साथै ह्याकरको ननियन्त्रणबाट फिर्ता ल्याउनको लागि प्रयास भईरहेको छ ।

पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उक्त फेसबुक पेज ह्याकरको कब्जामा गएकोले उक्त पेजबाट पोष्ट भइरहेका अस्लील फोटोहरुले सामाजिक रुपमा नकरात्मक असर पार्ने भन्दै फेसबुक पेज रिकभरको लागि प्रयास भइरहेकोले अन्यथा नबुझ्न सबैमा अनुरोध गरेका छन् ।

उनले भनेका छन्, मेरो पुरानो फेसबुक पेज ह्याक भएको छ । उक्त पेजबाट आउने पोष्टहरु मेरो सचिवालयको हाईन् । यसबाट पर्न गएको असर प्रति माफि चाहान्छु । मैले यस बिषयमा साईबर र फेसबुकलाई समेत जानकारी गराएको छ । कसैले पनि यसलाई अन्यथा नलिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर