अब एउटै ह्वाट्सएप पाँचओटा मोबाइलमा चलाउन सकिने
![](https://samachardainik.com/uploads/news/images/whatsapp_rbLm6yxgRd2023-04-26-09-39-36.jpeg)
काठमाडौं । अब एउटै ह्वाट्सएप अकाउन्ट एकैपटकमा पाँचओटा मोबाइलमा प्रयोग गर्न सकिने भएको छ । प्रयोगकर्ताले लामो समयदेखि माग गरिरहेको यो सुविधा कम्पनीले मंगलबारबाट उपलब्ध गराएको हो ।
हाल एउटै अकाउन्ट मोबाइल, वेबपेज, ट्याबलेट र डेस्कटपमा प्रयोग गर्न सकिन्थ्यो । अब भने पाँच ओटासम्म मोबाइलमा एउटै ह्वाट्सएप अकाउन्ट प्रयोग गर्न सकिनेछ ।
प्रयोगकर्ताले अन्य वेबपेज वा डिभाइसमा अकाउन्ट लिङ्क गरेको जस्तै अन्य मोबाइलमा पनि लिङ्क गरेर यो सेवा लिन सक्नेछन् । साथै हरेक डिभाइमा प्रयोगकर्ताको डेटा इन्क्रिप्टेड हुनेछ ।
तर यदि प्रयोगकर्ताले सुरुमा लगइन गरेको मोबाइल लामो समयसम्म निष्क्रिय भयो भने अन्य लिङ्क भएका डिभाइसमा उक्त ह्वाट्सएप अकाउन्ट स्वतः लगआउट हुनेछ ।
प्रतिकृया दिनुहोस