• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

 न्युजिल्याण्डको एक होस्टलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं । न्युजिल्याण्डको एक होस्टलमा आगलागी हुँदा ६ जनाको मृतत्यु भएको छ। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले स्थानीय मिडियालाई बताएअनुसार वेसिङ्टनको एक होस्टलमा आगो लागेको थियो। आगलागीमा परेका थुप्रैको अवस्था अझै अज्ञातत रहेको उनले बताएका छन्।


स्थानीय समयअनुसार सोमबाबर मध्यराति १२ः३० बजे वेलिङ्टनको चार तले लोफर्स लज होस्टलमा आगो लागेको थियो।

आगलागीपछि आपतकालीन उद्धार टोलीले भवनबाट दर्जनौँलाई उद्धार गरेको थियो। तर अझै धेरैको अवस्था अज्ञात रहेको प्रहरीले बताएको छ।

मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ।


करिब २० वटा दमकलको प्रयोगबाट आगलागी नियन्त्रणमा लिइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर