• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

दुईदिने भ्रमणका लागि नेपाल आइपुगे अष्ट्रेलियाली सहायक विदेशमन्त्री

काठमाडौं । अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । भ्रमणमा अष्ट्रेलियाको नेपालसँगको सम्बन्ध र भविष्यमा हुन सक्ने सहकार्यका अवसरको बारेमा चर्चा हुने यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।


सहायकमन्त्री वाट्सले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सो अवसरमा उनले अष्ट्रेलियासँगको सहकार्य, ६३ वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्ध र झाँगिदो जनस्तरको सम्बन्धलगायत विषयबारेमा चर्चा गर्ने जनाइएको छ । 

अष्ट्रेलियामा नेपाली समुदाय सबैभन्दा चाँडो बढिरहेको आप्रवासी जनसंख्या भएको छ । हाल करिब एक लाख ३० हजार नेपाली अष्ट्रेलियामा बसोबास गर्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर