• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

देवीहाट घटनाले सयौलाई वेरोजगार बनाएको युनिकमको ठहर 

झापा । बिर्तामोडस्थित देवी हाटमा नगरपालिकाले टहरा हटाउन चलाएको घटना प्रति युनिकम नेपालले गम्भीर आपत्ति प्रकट गरेको छ ।

केन्द्रीय अध्यक्ष गजेन्द्र वहादुर पौडेलले विज्ञप्ति जारी गर्दै व्यवसायी, श्रमिक र मजदुरहरुको रोजिरोटी खोसिएको भन्दै त्यसको क्षतिपूर्ति दिलाउन माग गरेका छन् । 

संघीय सरकारको स्वरोजगार प्रर्वद्धन गर्ने नीतिका विरुद्ध बिर्तामोड नगरपालिकाले सयौलाई बेरोजगार बनाएको युनिकमको ठहर छ – विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक सरोकारका मुद्दाहरुमा विषय र परिस्थितिको संवेदनशीलतालाई गहन ढंगले मनन गरेर अघि बढ्न नगरपालिकालाई युनिकमले सुझाव समेत दिएको छ । 

 



 

https://samachardainik.com/news-details/133409/2023-05-22

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर