• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

जोर्डी अल्वाले पनि छोड्ने भए बार्सिलोना

काठमाडौं । कप्तान तथा जिलेण्ड मिडफिल्डर बुस्केटले क्लब छोड्ने घोषणा गरेको केही समय लगत्तै बार्सिलोनाका अर्का लिजेण्ड लेफ्ट ब्याक जोर्डी अल्वाले पनि यसै सिजनबाट बार्सिलोना छोड्ने भएका छन् । अल्वा अफ्नो पोजिसनमा विश्वका उत्कृष्ट खेलाडी मध्ये पर्दथे । बार्सिलोनामा छँदा उनको पासमा विश्व नम्बर वान मेसीले धेरै गोल गरेका छन् ।

नयाँ गन्तव्य कहाँ हुने हो भन्ने सार्वजनिक नगरेका अल्वाले क्लब छोड्ने निर्णय गरेको बार्सिलोनाले पुष्टि गर्दै अहिलेसम्मको उनको योगदानका लागि धन्यवाद दिएको छ । अल्वासँग क्लबको अझै एक वर्षको सम्झौता बाँकी थियो । तर उनी पछिल्लो चरणमा अधिकाँश समय बेन्चमा सिमित भएका थिए । उनको स्थान युवा खेलाडी बालेडलले लिएका छन् ।

३४ वर्षीय अल्वाले सन् २०१२मा भ्यालेन्सिया छोडेर बार्सिलोनामा आवद्ध भएका थिए ।  

अल्वाले ६ ला लिगा, ५ कोपा डेल रे र एक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।  उनले सिजन २०१२–१३ देखि बार्सिलोनाको खेलाडी भएर लगातार ११ सिजन खेले । डिफेन्डर जोर्डी अल्बाले ११ सिजन, ४५८ खेल र २७ गोल, ९९ असिस्ट संगै १८ उपाधि जितेका हुन्। खेल जिवनबाट सन्यास नलिएका अल्वाले नयाँ सिजन साउदी लिग वा एथ्लेटिको मड्रिडमा पनि हुन सक्ने अनुमान गरिएको छ । 

????❤️ GRÀCIES ????❤️ GRACIAS ????❤️ THANK YOU ????❤️ pic.twitter.com/2pARAdY02j

— Jordi Alba (@JordiAlba) May 24, 2023
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर