• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

हाकिमको नक्कली हस्ताक्षर गरेर पेस्की फछ्र्योट गर्न खोजेपछि.......

काठमाडौं । रौतहटको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फछ्र्योट गर्न खोज्ने एक जना कर्मचारी पक्राउ परेका छन् ।  हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फछ्र्योट गर्न खोज्ने सोही नगरपालिकाका पोषण स्वयंसेवक रामनारायण सहनीलाई जिल्ला प्रहरी कार्यालय, रौटहटले बिहीबार पक्राउ गरेको हो ।

सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरेर कीर्ते काम गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार, उनले पोषणसम्बन्धी एउटा गोश्वारा भौचरमा नक्कली हस्ताक्षर गरी फछ्र्योट गरेको फेला परेको छ ।

पाँच लाख रूपैयाँको गोस्वारा भौचरमा सहनीले नक्कली हस्ताक्षर गरी फछ्र्योट गरेको फेला परेपछि कार्यालय प्रमुख भूपदेवले प्रहरीलाई उजुरी गरेका थिए । पक्राउ परेका सहनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय, गरुडामा राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर