• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

गुल्मीकाे धुर्कोट गाउँपालिकामा नगर प्रहरीहरुका लागि आधारभुत सुरक्षा तालिम सम्पन्न

गुल्मी । गुल्मीकाे धुर्कोट गाउँपालिकामा कार्यरत नगर प्रहरीहरुका लागि नगर प्रहरी आधारभुत सुरक्षा तालिम सम्पन्न भएको छ । जेष्ठ २ गते देखि प्रहरी चौकी धुर्कोट वस्तुमा संचालन भएको नगर प्रहरी आधारभुत सुरक्षा तालिमको सम्पन्न भएको हो ।

तालिममा सहभागी नगर प्रहरी सहायक निरिक्षक १ जना र नगर प्रहरी जवान ४ जनालाई गाउँपालिकाको तर्फबाट प्रमाण पत्र प्रदान गरिएकाे छ । साथै नव नियुक्त नगर प्रहरीक सहायक निरिक्षक तथा २ जना नगर प्रहरी सहायकलाई दर्ज्यानी चिन्ह समेत प्रदान गरिएको छ ।
 
तालिम समापन तथा दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वडा नं. ५ का वडा अध्यक्ष केशवराज भण्डारी, वस्तु प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक तिलक नेपालीको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर