• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया गलत : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न दलले आफ्नो पार्टीमाथि घेराबन्दी गरिरहेको आरोप लगाएका छन्।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले रास्वपाले आगामी सबै किसिमका निर्वाचनमा जित हासिल गर्ने स्थिति देखिएपछि विभिन्न दलहरूले बाधा सिर्जना गरिरहेको बताएका हुन्।

उनले २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम नागरिकले घरघरमा महसुस गरिरहेको बताए। उनले आफ्नो पक्षमा जनताको साथ रहेकाले दलहरूको जुनसुकै किसिमको घेराबन्दीबाट नडराउने स्पष्ट पारे। सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया गलत भएको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर