• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

कोइली शहर पसेको छ।

कुमार दाहाल

सात सुरको सरगम छुटेको छ ,
जंगलमा एक्लै गाउनुको अर्थ टुटेको छ,
आफै भित्रको राग नसुनेपछि 
संगीतको रस खोज्दै,
कोइली शहर पसेको छ ।
छहरामा घसिनीको राग टुटेको छ,
कोइलीले  बच्चा कोरल्न छोडेको छ,
मादल सारङ्गी र मुर्चुङ्गाको गान  सुन्न नपाएर 
कोइलीले जँगल छोडेको छ,।पखेरामा छायाँ एक्लै छन,, 
 बसन्तलाई स्पर्श गर्ने कोही छैन
इन्द्रधनुषमा मयुर  टोलाएको छ,
झ्याउँकिरीको नादले शून्य भरेको छ,
घरभित्रै जंगल पसे पछि 
कोइली शहर पसेको छ।
कोइलीको घाँटी चिरेर राग निकाल्नेहरु
 संगीत भर्न थालेका छन्
को हो रु प्रश्न गर्ने कोइलीलाई ,
आफ्नै परिचय दिन थालेका छन्
गाउँ , पखेरामा सुर ताल हराएपछि,
कोइली शहर पसेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर