• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

पुटिन र किमबीच ‘राइफल’ आदानप्रदान  

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रूसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल उपहार दिएको जनाएको छ। पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य कट्टरपन्थी नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गरेका छन् र हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच किमसँग भेट गरेका हुन्।

“पुटिनले ‘किमलाई हाम्रो उत्पादनमध्ये उच्च गुणस्तरको राइफल दिनुभयो,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने। बदलामा पुटिनले उत्तर कोरियामा निर्मित राइफल पनि उपहारस्वरुप प्राप्त गरेका छन्।

पेस्कोभले भने, “पुटिनले किमलाई ‘अन्तरिक्षमा धेरै पटक भ्रमण गरेको अन्तरिक्ष सूटको पञ्जा’ पनि दिएका छन्। यसलाई उत्तर कोरियाको अन्तरिक्ष यात्राको सफलताको शुभेच्छाका रूपमा अथ्र्याइएको छ।” पेस्कोभले भने, ‘पुटिनले कृतज्ञतापूर्वक उत्तर कोरिया भ्रमणको निमन्त्रणालाई स्वीकार गरे।’ 
’ 
उनले किमको रूस भ्रमण अझै केही दिन लम्बिने बताए। उत्तर कोरियाली नेता मङ्गलबार रूस पुगेका थिए।

युक्रेनमा रूसको पूर्ण आक्रमणका कारण रूसपश्चिम र उसका केही परम्परागत साझेदारबाट अलग्गिएको अवस्थामा दुई नेताबीचको मैत्रीपूर्ण सम्बन्ध बनेको हो। अमेरिकी अधिकारी र विज्ञहरूले युक्रेनमा प्रयोग हुने गरी उत्तर कोरियाली गोलाबारुद खरिद गर्न रूस इच्छुक रहेको बताएका छन्। - रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर