• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

आज असोज १ गतेः नयाँ महिनाको पहिलो दिनको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला, तर सामान हराउन भने सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्ने छ । परिवारमा सुख सन्तोष छाउने छ । कला र गलाको प्रभाव पनि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रोकिएको धन पाइन सक्छ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्तसँग भेटघाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सांस्कृतिक काममा सरिक भइनेछ एउटै कामबाट दोहोरो लाभ मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनसक्छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चाँहि सम्पादन हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छ । सामाजिक क्षेत्रबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रबल छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर कुनै कुराले मन खुसी हुने र साँझमा शुभ समाचार पाइनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा पर्याप्त लाभ मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला, स्वास्थ्य पनि बिग्रन सक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर